• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

जहाज भाडा घटाउन माग राख्दै एनआरएनसहितका संघसंस्थाले बुझाए राजदूतलाई ज्ञापन पत्र

64x64
नेपाल लाइभ बिहीबार, असार ११, २०७७  ११:०४
1140x725

काठमाडौं-कुवेतबाट नेपाल फर्कनका लागि तय भएको महंगो जहाज भाडा घटाउन माग राख्दै गैह्रआवासीय नेपाली संघ कुवेत (एनआरएनए कुवेत) सहित अन्य श्रमिकहरुका पक्षमा काम गर्दै आएका संघसंस्थाले राजदूतलाई ज्ञापन पत्र बुझाएका छन् । 

कुवेत–काठमाडौंका लागि तय गरिएको एकतर्फी भाडा ४१० अमेरिकी डलर तिर्न श्रमिकहरुलाई  समस्या भएकाले भाडा पुनर्विचार गर्न माग राख्दै बुधबार उनीहरुले कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । 

यस्तो छ ज्ञापन पत्र 

श्री दुर्गाप्रसाद भण्डारी ज्यू,
राजदूत, नेपाली राजदूतावास कुवेत ।

विषयः  ज्ञापनपत्र 

महोदय,
उपरोक्त सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आक्रान्त बनाइरहेको र यो अत्यन्तै कठिन समयबाट हामी गुज्रिरहेका छौं।

देशको अर्थतन्त्रको एकतिहाई बराबरको योगदान पुर्‍याउने वैदेशिक रोजगारमा रहेका श्रमिकमध्ये हामी कुवेतमा रहेका श्रमिक पनि यस महामारीको कारण आपतमा छौं। अत्यन्तै अप्ठ्यारोमा परेकालाई स्वदेश फिर्तिका निम्ति सरकारले तोकेको उच्च भाडादर घटाउन पटक-पटक पहल भएको यहाँलाई थाहै छ। तर कुवेत–काठमाडौंका लागि एकतर्फी ४१० अमेरिकी डलर भाडादर तोकेको दरमा पीडित कामदारलाई फर्कन अप्ठेरो पर्न थालेको जानकारी गराउँछौं । 

आममाफी पाएकालाई सेल्टरसम्म पुर्‍याउन, पीडितलाई राहत र उद्धार गर्न एनआरएनए लगायतका संघसंस्थाका प्रतिनिधि आफ्नो जिन्दगीलाई दाउमा राखेर नेपाली कामदारको सेवामा जुटेको पनि यहाँलाई अवगत नै छ । यो काममा सहकार्य गरिदिएकोमा नेपाली दूतावास, कुवेतलाई पनि धन्यवाद। तर हवाई टिकट सहुलियत गराउन दूतावासले  समन्वय र सहकार्य गर्न जरुरी ठानेन। महामारीभन्दा अघिका समयमा कुवेत–काठमाडौ नियमित उडान भर्ने जहाजहरु हुँदाहुँदै महामारीबाट पीडित भएकालाई उद्धार गरेर सहुलियत भाडा दरमा उडाउन कुनै प्रयास गरिएन ।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी भूमिमा खान बस्न नै समस्या परेकाहरु नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले तोकेको महँगो भाडादरमा नेपाल फर्कन बाध्य भएका छन्। उद्धारको नाममा गरिएको व्यापारले पीडितको घाउमाथि नुनचुक छर्कने काम भएको छ।

साथै अत्यन्तै महँगो भाडादरका कारण स्वदेश फिर्ता हुन नसक्दाको तनाव तथा पीडाबाट उत्पन्न परिस्थिति र निराशाबारे पनि यहाँहरुलाई जानकारी नै होला। यो परिस्थितिको सामना गर्न नसकेर आत्महत्या गरेको समाचार आउँदा हामीलाई दुःख लागेको छ। र यो अप्ठ्यारो परिस्थितिमा यस्ता घट्ना नदोहिरियोस भन्नेतर्फ सबैले सजगता अपनाउनु पर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छौं।

महामारीले मानव जीवनमा अकल्पनीय क्षति पुर्‍याएकाे छ। देश महामारीविरुद्ध कठिन लडाइँमा छ। जस्तोसुकै अप्ठ्यारोकाबीच पनि आफ्नो नागरिकको रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हुन आउँछ। तसर्थ पीडितलाई सजिलो गरी उद्धार गरिदिन हुन तपसिलका बुँदाहरु सहित नेपाली राजदूतावास, कुवेतसमक्ष अनुरोध गर्दछौं।   

१) रोजगारी गुमाई लामो समयदेखि मासिक तलब नपाएका, थोरै तलबमा काम गरेका र बिरामीले नेपाल सरकारले तोकेको ४१० अमेरिकी डलरमा टिकट किन्न नसकेको हुँदा पुनर्विचार गरी भाडादर तोकिदिन हुन। सस्तोभन्दा सस्तो दरमा नेपाल लैजानका लागि प्रतिस्पर्धाका आधारमा हवाई कम्पनी छनौट गर्नु हुन। 

२) लामो समयदेखि बिरामी अवस्थामा रहेका श्रमिक, महामारीका कारण कम्पनी बन्द भई लामो समयदेखि तलब नै नपाएर अप्ठ्यारोमा परेका स्वयं टिकट काटेर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेकालाई विदेशी भूमिमा मर्नपर्ने गरी अलपत्र अवस्थामा परेकालाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट खर्च हुने गरी उद्धार गरेर स्वदेश फर्काउन हुन । 

३) नेपाली राजदूतावास, कुवेतबाट समयमा आवश्यक सूचना प्राप्त नहुने वा सूचना लुकाउने जनगुनासो बढेको र फेसबुक पेजबाट अन्तिम समयमा सार्वजनिक गरिएका कतिपय सूचनाले सर्वसाधारण अन्योलमा परेकाले समयमै सही सूचना दिनुहुन । 

४) खाडी मुलुकमै पर्ने अन्य देशमा नेपाली राजदूतावासले राहत बाँडिरहेको अवस्थामा भोकले छटपटाईरहेका नेपाली नागरिक पटकपटक दूतावाससम्म चर्को घाममा हिँडेर जाँदा पनि कुनै किसिमको सहयोग नहुनुको कारण स्पष्ट पार्न अनुरोध छ । नेपाली राजदूतावास, कुवेतले अहिलेसम्म वितरण गरेको राहत विवरण सार्वजनिक गर्न हुन । 

५) नेपाल सरकारले खाडी मुलुकमा कार्यरत र अहिले आपतमा परेका श्रमिकलाई उद्धार गर्न पठाएको रकम नेपाली दूतावास कुवेतमा कति आएको छ भन्ने विषय सार्वजनिक गरी  पीडितलाई  यथाशिघ्र उद्धार गर्न हुन । 

६)  दूतावासको हटलाइन नम्बरमा फोन गर्दा रिसिभ नहुने र सबै श्रमिकसँग लोकल नम्बर नभएकाले यथाशिघ्र व्हाट्स एप,भाइभर र इमो नम्बरको व्यवस्था गरी सेवा सञ्चालन गर्न हुन । 

७) सर्वसाधारण र गम्भीर अवस्थाका बिमारीले फोन गर्दा एम्बुलेन्स नआउने र अस्पतालमा उपचार पाउन नसकेकाहरुलाई अस्पताल वा सम्बन्धित निकायसँग दूतावासले समन्वय गरि उपचारमा सहजता गराइदिन हुन।

बोधार्थ
नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौं 
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सिंहदरबार काठमाडौं 
वैदेशिक रोजगार बोर्डको सचिवालय, काठमाडौं 
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद 
नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालय काठमाडौं 
नेपाली कांग्रेस पार्टी, केन्द्रीय कार्यालय सानेपा ललितपुर 
जनता समाजवादी पार्टी, केन्द्रीय कार्यालय काठमाडौं 
नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय काठमाडौं

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति शुक्रबार, असोज २, २०८३
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्