काठमाडौं-संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतबाट ३०१ नेपाली स्वदेश फर्किएका छन् । युएईको अबुधावीबाट १५२ जना र कुवेतबाट १४९ नेपाली स्वदेश फर्किएका हुन् ।
आजै कतारको दोहाबाट पहिलो चरणको तेस्राे उडानमार्फत् १५८ नेपाली स्वदेश फर्कँदैछन्। दूतावासका अनुसार उनीहरु हिमालय एयरलाइन्सको एचआइएम ५६३२ उडानमार्फत् फर्कँदैछन्। जसमा ३ गर्भवती तथा सुत्केरीसहित १० महिला, २ नाबालक र १४६ पुरुष रहेको दूतावासले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जापानको नारिताबाट पनि २५४ नेपाली फर्कँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।