काठमाडौं–नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ४ जिल्लामा संक्रमित थपिएका हुन्।
म्याग्दीका ६ जना, स्याङजाका १, बाग्लुङका २ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। नवलपरासी पूर्वका दुवैजनालाई आइसोलेसनमा राखिएको र अन्य जिल्लाका व्यक्तिलाई सम्बन्धित जिल्लाका आइसोसलनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३पुगेको छ भने नेपालमा संक्रमितको कूल संख्या १० हजार ७ सय ३९ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।