काठमाडौं– आज (बुधबार) विभिन्न ५ वटा मुलुकबाट ८९९ जना नेपाली स्वदेश फर्किएका छन्। साउदी, युएई, कुवेत, मलेसिया र टर्कीबाट ८९९ नेपाली बुधबार स्वदेश फर्किएका हुन्।
साउदीको दमामबाट हिमालयन एयरलाइन्सले १५४ नेपाली लिएर काठमाडौं फर्किएको हो। साउदीकै जेद्धाबाट नेपाल एयरलाइन्सले २५५ जना यात्रुसँगै एउटा शव समेत ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
युएईको आवुधाविबाट हिमालयन एयरलाइन्सले १४९ यात्रुसँगै ३ जना नाबालक पनि ल्याएको हो।
मलेसियन एयरलाईन्स क्वालालम्पुर ४ जना यात्रु लिएर फर्किएको छ भने टर्कीको इस्तानबुलबाट टर्किस एयरलाइन्सले २८२ नेपाली स्वदेश फर्किएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।