काठमाडौं– वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार को बजेट ल्याएको छ। बजेटमा चालुतर्फ १ अर्ब ६५ करोड ६९ लाख र पुँजीगततर्फ २ अर्ब १७ करोड ४६ लाख छुट्याइएको महानगरपालिकाले जनाएको छ।
बजेटको प्राथमिकतामा स्वास्थ्य, शिक्षा र रोजगारीलाई राखिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले बताए। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा मुलुक परेकाले बजेटको विशेष प्राथमिकतामा स्वास्थ्यलाई जोड दिइएको उनको भनाइ छ।
त्यस्तै कोरोनाका कारण शिक्षा तथा रोजगारीका क्षेत्रमा परेको असरलाई मध्यनजर गर्दै शिक्षा तथा रोजगारीलाई समेत बजेटमा प्राथमिकताका साथ समेटिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।