काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमाउने घोषणा गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो भावनाप्रति श्रद्धा र शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपालीलाई धैर्य दृढता र साहसका साथ अघि बढ्न पनि उनले आग्रह गरेका छन्।
शाहले राष्ट्रियतालाई मूल मन्त्र र एकतालाई शक्ति मानेर अघि बढ्नुपर्ने बताएका छन्। नेपाल राष्ट्रको एकीकरण र नेपाली स्वाधीनताको संरक्षण तथा सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो त्यसको चिन्तन गर्दै राष्ट्रियता र एकता बढाउनु समग्र राष्ट्रहितमा रहेको टिप्पणी गरेका छन्।
परस्पर आरोप प्रत्यारोप गरेर निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने भन्दै उनले वर्तमान परिस्थितिमा नेपाल राष्ट्रको एकीकरण स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो त्यसको मनन गर्न उनले आग्रह गरेका छन्।
मुलुकको स्वाधीनता संरक्षण र एकीकरणको सन्दर्भमा राजसंस्थाको सान्दर्भिकतालाई स्वीकार गर्न घुमाउरो रुपमा आग्रह गरेका छन्। सीमाविवाद, भ्रष्टाचार विभिन्न सन्धिसम्झौता हत्याहिंसा र आत्महत्याजस्ता विषयलाई उठाउँदै उनले त्यसको समाधान र कारण खोज्नुपर्ने सन्देश पनि दिएका छन्।
‘हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छन्? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितबिरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छन?’ विज्ञप्तिमा उनले लेखेका छन्, ‘भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनहुँ उठिरहन्छन्? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार यूवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनूपर्ने अवस्था सिर्जना भइरहन्छन्?’
पूर्वराजाले विविध बाध्यताका कारण विदेशिएका कतिपय नागरिक स्वदेश फर्किएको उल्लेख गर्दै फर्कने सबैको श्रम, सिप र सामर्थ्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम उद्यम र कामधन्दाको व्यवस्था मिलाइनु नितान्त जरुरी रहेको पनि उल्लेख गरेका छन्।
यस्तो छ उनको सन्देश
नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,
नेपाल बहुजातीय, बहुभाषिक र बहुविध भौगोलिक विशेषता रहेको मुलक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हायो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा पनपनाउँदै गएको जातीयता बर्गियता र क्षेत्रीयताका संक्रिण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन ।
अहिले नेपाल पनि विश्वव्यापी कोरना महामारीबाट आक्रान्त छ । यो अकल्पनीय व्याधीबाट जीवन गुमाएका र पिडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाकासाथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दछु । संक्रामक । रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गांस, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस भन्ने आग्रह पनि गर्दछु । साथै यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेतिथिप्रति । म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु ।
विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहेका छन । चनौति पछि आएको यो समय सन्दर्भ एक असर पनि र अवसर पनि हो । फर्कने सबैको श्रम, शिप र सामर्थको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उधम र काम धन्दाको व्यवस्था मिलाइन पनि नितान्त जरुरी रहेको छ ।
बदलिंदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रिति, संस्कृति र पद्दतितिर फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्बनको परिपाठी फेरि कायम हुन्छ । केहि दशक अघिसम्म आफनै । गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नु परेको छ।
हामो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आकोस उठिरहन्छ । रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि सझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ? भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कुरा किन दिनौं उठिरहन्छ ? यस्ता यावत विषयलाई लिएर हामा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ? यी सब सोचनीय विषय र विचारणीय कुराहरुको प्रश्नहरु उब्जिरहेको छ।
आजको यो काल खण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित । कदापि हुदैन । नेपाल राष्ट्रको एकिकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्न पर्दछ । राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै । अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।
राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवकारुपमा । नमनाउने निर्णय गरेको छ । साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई धैर्य, दृढता र साहशकासाथ अघि बढ्न आव्हान गर्दछु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।