काठमाडौं- नागरिकता विधेयकमा उल्लेखित नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्रै नेपालको नागरिकता पाउने प्रावधानप्रति जनता समाजवादी पार्टीले विरोध जनाएको छ। सो प्रावधानसहित आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक पारित गरेको थियो। विधेयक प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत भएको छ।
‘आजको भूमण्डीकृत युगका अन्तरजातीय र अन्तर्राष्ट्रिय विवाहको प्रचलन बढिरहेको अवस्थामा उक्त संशोधनको प्रस्तावले एकातिर महिला र पुरुषकाबीच लैंगिक विभेद गरेको छ भने अर्कोतिर युगौंदेखि नेपाली जनताको भारतीय लगायत अन्य मुलुकका जनताहरुबीच कायम रहेको पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि सम्बन्धला२ अवरुद्ध गर्नुका साथै महिलाहरुप्रति लैंगिक विभेद, असमानता र महिला हिंसालाई प्रोत्साहन दिने कार्य गरेको छ’, उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा संशोधन प्रस्ताव घोर आपत्तिजनक रहेको बताइएको छ। साथै प्रस्तावलाई सच्याएरु मात्रै संसदबाट पारित गर्नुपर्ने बताइएको छ।
पार्टीले विभेदकारी प्रावधानका विरुद्ध असार १६ गते काठमाडौं लगायत जिल्ला सदरमुकाम र मुख्य सहरहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।