काठमाडौं- काठमाडौं महानगरपालिकाले होटल पर्यटन तथा मनोरन्जन क्षेत्रमा ५० प्रतिशत र बाँकी सबै व्यवसायमा २० प्रतिशत कर छुट दिने भएको छ।
बुधबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य अनुसार आगामी आर्थिक वर्षका लागि महानगरले यस्तो योजना ल्याएको हो।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा व्यवसाय गरी बस्ने करदातालाई समेत प्रभाव पारेको छ,’ बजेट बक्तव्यमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७/७८ मा लाग्ने व्यवसाय करमा होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुले तिर्ने व्यवसाय करमा ५० प्रतिशत र अरु व्यवसायीले तिर्ने व्यवसाय करमा २० प्रतिशत छुट दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।