काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७७/७८ को बजेट तथा विनियोजन विधेयक २०७७ सार्वजनिक गर्दै महानगर क्षेत्रभित्र लाग्ने करका दरहरु तोकेको छ।
महानगरपालिकाको विनियोजन विधेयकअनुसार कवाडीका रुपमा बिक्री गरिने सामानमा पनि कर लगाइएको छ। त्यस्ता सामग्रीको उत्पादन स्थलमा वा संकलन केन्द्रमा कवाडी कर लगाइने विनियोजन विधेयकमा उल्लेख छ।
कवाडीको कुन सामानमा कति कर?
क) खाली सिसी (वियर बोतल प्रतिगोटा- १ रुपैयाँ
ख) खाली सिसी (मदिरा र अन्य, ५०० एमएलभन्दा माथि प्रतिगोटा- ५० पैसा
ग) खाली सिसी (मदिरा र अन्य ५०० एमएलभन्दा तल) प्रतिगोटा- ५० पैसा
घ) प्लास्टिक बोतल, भाँडाकुँडा, पुराना जुत्ता, चप्पल, ग्यालन र जर्किन आदि प्रतिकेजी- १ रुपैयाँ
ङ) खाली बोरा
- ५० केजीसम्म खाधान्न अट्ने प्लास्टिकका बोरा प्रतिगोटा- २५ पैसा।
- ५० केजीसम्म खाधान्न अट्ने जुटका बोरा प्रतिगोटा- २५ पैसा।
- १ सय केजीसम्म खाधान्न अट्ने जुटका बोरा प्रतिगोटा- ५० पैसा
च) तेलको टिन
- १० लिटरभन्दा बढी अट्ने ठूलो टिन प्रतिगोटा- २ रुपैयाँ
- १० लिटरभन्दा कम अट्ने सानो प्रतिगोटा- १ रुपैयाँ।
छ) झिण्डु (प्राकृतिक र कृत्रिम उनका टुक्रा) प्रतिकिलो- २ रुपैयाँ।
ज) गार्मेन्टको कपडाको टुक्रा प्रतिकिलो- २ रुपैयाँ।
झ) जलेको मोबिल प्रतिलिटर- १ रुपैयाँ।
ञ) जुट र प्लास्टिकको बोरा प्रतिकेजी- २० पैसा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।