काठमाडौं– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट सार्वजनिक गरेको छ। महानगरले कुल ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो। आगामी आर्थिक वर्षका बजेट चालू आवको भन्दा कम रहेका छ।
महानगरपालिकाले कोभिड–१९का कारण स्रोतमा संकुचन आउने प्रक्षेपण सहित बजेटको आकार घटाएको हो। बुधबार बसेको छैठौं नगरसभाले चालू आवको भन्दा आगामी आर्थिक वर्षको लागि २ अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट ल्याएको हो।
चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
महानगरपालिकाले पुँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षाका लागि ३६ करोड रुपैयाँ खर्च हुने गरी बजेट ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।