काठमाडौं-पोखरा महानगरपालिकाले कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण १६ अर्ब रूपैयाँको क्षति ब्यहोर्नु परेको जनाएको छ। महानगरको नगरसभामा बोल्दै मेयर मानबहादुर जिसीले लकडाउनका कारण महानगरको आय, पूर्वाधार विकास र पर्यटन क्षेत्रमा उल्लेख्य प्रभाव परेको बताएका छन्।
जिसीले कोरोनाको यथार्थ प्रभाव मूल्यांकन नभइसके पनि आन्तरिक राजस्व संकलन, महानगरभित्रका पूर्वाधार विकासका कार्यक्रम, सेवा प्रवाह र पर्यटनमा प्रभाव परेको बताए। उनले कोरोना भाइरसबाट पोखरा महानगरलाई सुरक्षित राख्न महानगरले अधिकतम प्रयास गरिरहेको बताए।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले उज्यालो कार्यक्रममार्फत् वर्षौंदेखि सञ्चालनमा रहेका कार्यक्रमलाई अघि बढाइने उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।