काठमाडौं–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। प्रतिष्ठानको पिसीआर ल्याबमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको निर्देशक डा. मंगल रावलले विज्ञप्तिमार्फत् जनाएका छन्।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि प्रतिष्ठानको आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको रावलले जनाए।
यस्तै, प्रतिष्ठानका सम्पूर्ण कर्मचारीको पिसीआर परीक्षण गरिने र त्यसअनुसार कन्ट्याक्ट ट्रेसिङ गरिने पनि विज्ञप्तिमा जनाइएको छ।
कर्णाली प्रदेशमा थप ४ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार १ सय ३५ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।