कैलाली–सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलले बुधबारको प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले बैठक अवरुद्ध गरेको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्ली पन्तले जानकारी दिए। सरकारले कोरोना नियन्त्रण तथा पिसीआर चेकजाँच गर्न नसकेपछि जनता निरास भएको भन्दै सरकारलाई दबाव दिन बैठक अवरुद्ध भएको हो।
पिसीआर परीक्षणविना घर पठाईदा समुदायमा जोखिम बढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता डा. रणवहादुर रावलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।