काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा टोटनह्यामले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ। टोटनह्यामको जितमा एक गोल ह्यारी केनले गरे। एक गोल भने टोटनह्यामले आत्मघाती रुपमा पाएको थियो।
खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न सकेको वेष्टह्यामले खेलको ६४औं मिनेटमा आत्मघाती गोल गर्न पुग्यो। वेष्टह्यामका मिडफिल्डर टोमस सउसिकले बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे। योसँगै टोटनह्यामले १–० गोलको अग्रता बनाएको थियो।
खेलको ८२औं मिनेटमा केनले गोल गरेपछि टोटनह्यामले वेष्टह्याममाथि २–० गोलको जित निकालेको हो। यो जितसँगै लिगको सातौं स्थानमा उक्लिएको टोटनह्यामको ३१ खेलबाट ४५ अंक छ।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको ३० खेलबाट ८३ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान खेलबाट ६३ अंक छ। लिगको तेस्रो स्थानमा रहेको लेष्टर सिटीको भने ३१ खेलबाट ५५ अंक छ। मंगलबार राति नै भएको खेलमा लेष्टरले ब्राइटनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।