काठमाडौं- पाकिस्तानका ७ क्रिकेटरमा कोरोना संक्रमण पुष्टि भएको छ। पाकिस्तानी क्रिकेट बोर्डका अनुसार मंगलबारमात्र फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र बहाव रियाजलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।
यसअघि शादाब खान र हारिस रऊफ र हैदर अलीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। दुई दिनमा पाकिस्तानका १० क्रिकेटर भाइरसको चपेटामा आएका छन्। कोरोना परीक्षण नेगेटिभ आएकाहरु भने २८ जुनमा बेलायतमा हुने खेलका लागि जाने छन् । पाकिस्तानले बेलायतसँग तीन टेस्ट र तीन टी-२० खेल अगस्टमा खेल्दै छ।
पाकिस्तानमा कोरोना संक्रमण लगातार बढिरहेको छ। अहिलेसम्म एक लाख ८५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन हजार मानिसको ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।