काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले वर्तमान आर्थिक चुनौतीप्रति अर्थसचिव शिशिरकुमार ढुंगानालाई अवधारणापत्र बुझाएको छ। मंगलबार अर्थ मन्त्रालय पुगी चेम्बरको टोलीले अर्थसचिव ढुंगानालाई अवधारणापत्र बुझाएको हो। उसले निर्यातलाई मूल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान दिने नीति अपनाउन माग गरेको छ।
कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न विगत ९० दिनदेखि लकडाउन भएकाले समस्त व्यवसायिक कारोबारले गति लिन नसकेको पृष्ठभूमिमा चेम्बरले आफ्ना धारणा अवधारणापत्रमार्फत् मन्त्रालयलाई जानकारी गराएको हो।
निजी क्षेत्रका चुनौती र मागका सम्बन्धमा र गत बजेटले सम्बोधन नगरेका विषय तथा आगामी मौद्रिक नीतिमा समावेश गरिनुपर्ने विषयका सन्दर्भमा नेपाल चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको टोलीले अवधारण प्रस्तुत गरेको थियो।
विश्व व्यापार संघ, विमस्टेक, साफ्टा आदिमा गरिएका प्रतिबद्धताअनुसार भन्सार दरबन्दी घटाउँदै लैजान माग गरेको छ। ३० प्रतिशतका दरहरुलाई २० प्रतिशत, २० प्रतिशत लाई १५ प्रतिशत, १५ प्रतिशतलाइृ १० प्रतिशत र १० प्रतिशत लाई ५ प्रतिशत र ४० प्रतिशतका दरबन्दीहरु खारेज हुनुपर्ने उसको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।