काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ र क्लबहरुलाई गरी १८ लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ।
एन्फाले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित जिल्ला फुटबल संघ र क्लबहरुलाई रकम वितरण गरेको हो। १३ जिल्ला फुटबल संघ र १२ क्लबलाई समान ७५–७५ हजारको दरले वितरण गरेको हो।
त्यस्तै अन्य जिल्ला फुटबल संघ र क्लबहरुलाई फारम भर्दै राहत रकम लिन पनि आग्रह गरिएको छ। एन्फाले वितरण गरेको रकम विश्व फुटबल महासंघ (फिफा) ले कोरोना प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको रकम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।