फाइल तस्बिर काठमाडौं- अर्थ मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सचिवालयलाई १ करोड ३० लाख ३० हजार रुपैयाँ बजेट निकासी गरेको छ।
रक्षा तथा उप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सिसिएमसीमा आधा दर्जन मन्त्री सदस्य छन्।
अर्थले १ करोड ३० लाख ३० हजार रुपैयाँ निकासा गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सार्वजनिक लेखा समितिलाई जानकारी गराएका हुन्।
फेरि सरकारले चैत १५ गते सेनाको ब्यारेक (छाउनी)मा सचिवालय रहने गरी सिसिएमसी गठन गरेको थियो।
तर, सिसिएमसीकै सदस्य रहेका केही मन्त्रीहरुले भने ब्यारेकभित्र रहेको सचिवालयको बैठक समेत बहिष्कार गर्दै आएका छन्।
फागुन १८ गते बसेको मन्त्रिपरिषदले रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा नै कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरेको थियो। तर, पुनः रक्षामन्त्री ईश्वर पोखरेलकै नेतृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सिसिएमसी) सचिवालय स्थापना भएको थियो। चैत १५ गते बसको मन्त्रिरिषदले उक्त सचिवालय गठन गर्ने निर्णय गरेको थियो।
समितिमा उपप्रधान तथा रक्षामन्त्री पोखरेल संयोजक थिए भने अन्य सदस्यहरुमा गृहमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, पर्यटन मन्त्री लगायतका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुख समेत रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।