काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो भएको भेटवार्ता डेढ घण्टासम्म चलेको प्रचण्डको सचिवालयले जनाएको छ।
दुई अध्यक्षबीच आगामी स्थायी कमिटीमा छलफलका लागि पेश गरिने एजेन्डाको विषयमा छलफल भएको बताइएको छ। नेकपाको स्थायी कमिटी बैठक असार १० गतेका लागि बोलाइएको छ।
गत मंसिर-पुसमा बसेको पछिल्लो स्थायी कमिटी बैठकपछि नेकपामा धेरै उतारचढाव आएकाले स्थायी कमिटी बैठकलाई महत्त्वका साथ हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।