काठमाडौं- थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशमा नयाँ संक्रमित पुष्टि भएका हुन्।
मंगलबार दिउँसो जारी सूचना अनुसार सुर्खेतमा ५, दैलेखमा १९ र कालिकोटमा १ जनामा संक्रमण पुष्टि भएको हो।
अद्यावधिक विवरण अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ सय ७ पुगेको छ।
योसँगै नेपालभर संक्रमितको संख्या ९ हजार ६ सय ३५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।