• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

खाली हुँदै क्वारेन्टाइन, १३ दिनमै ७७ हजार निस्किए

१३ दिनमा निस्किए ७७ हजार
कमला गुरुङ मंगलबार, असार ९, २०७७  १०:३०
1140x725

काठमाडौं–कोरोना संक्रमण रोक्ने प्रभावकारी उपाय हो, क्वारेन्टाइन। जसमा  संक्रमणको शंका लागेका व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राखिन्छ। 

त्यस्ता व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ। तर नेपालमा भने क्वारेन्टाइन रोग सर्ने थलो बन्दै गएको छ। 

नेपालमा हालसम्म कोरोना संक्रमण देखिएका ८० प्रतिशतभन्दा बढीमा कुनै पनि लक्षण देखिएको छैन। संक्रमण देखिएकामध्ये पनि ८० प्रतिशतभन्दा बढी क्वारेन्टाइनमै बसेका व्यक्तिहरु हुन्। 

क्वारेन्टाइन सञ्चालनका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ। तर त्यो कागजमा मात्र सीमित छ। अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत सञ्चालित छन्। त्यसैले त क्वारेन्टाइनबाट नै उल्टै संक्रमणको जोखिम बढी छ। 

यही बीचमा सरकारले एउटा यस्तो मापदण्ड ल्यायो, जसले पिसीआर परीक्षणको दायरालाई खुम्चाइदिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९ मापदण्ड निर्धारण गर्‍यो। 

उक्त मापदण्डले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा लक्षण नदेखिए पिसीआर परीक्षण नगर्नु भनेको छ। तर विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई भने अनिवार्य बनाएको छ। 

घट्दै क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या 

मुलुकभर हाल ९४ हजार ९ सय २८ जना क्वारेन्टाइनमा छन्। १३ दिनअघि र अहिलेको तथ्यांक तुलना गर्ने हो भने यो अवधिमा ७७ हजार ३ सय ३८ जना व्यक्ति क्वारेन्टाइनबाट निस्किएका छन्। दैनिक करिब ७ हजारका दरले मानिसहरु क्वारेन्टाइनबाट निस्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। 

nimb
nimb
Ncell 2
Ncell 2

आजभन्दा १३ दिनअघि अर्थात् जेठ २८ गते क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या थियो, १ लाख ७२ हजार २ सय ६६ जना। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या घट्ने सिलसिला यही दिनदेखि सुरु भएको देखिन्छ। 

जेठ २९ सम्म आइपुग्दा क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या १ लाख ६२ हजार १३ जना पुग्यो। यो हिसाबले २४ घन्टामा १० हजार २ सय ५३ जना क्वारेन्टाइनबाट निस्किएको देखिन्छ। 

यो संख्या घट्दै जेठ ३० गते १ लाख ५८ हजार ५० जना, ३१ गते १ लाख ५० हजार ५ सय ४९ जना र ३२ गते १ लाख ४३ हजार ६ सय ४१ पुगेको थियो। 

यस्तै असार १ काे तथ्यांकले १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेको देखाउँछ। असार २ मा १ लाख ३३ हजार ९, असार ३ मा १ लाख २५ हजार ७ सय ९८, असार ४ मा १ लाख १६ हजार २ सय १५ जना, असार ५ मा १ लाख ९ हजार ४ सय ६४, असार ६ मा १ लाख २ हजार २ सय ४५ जना, असार ७ गते ९४ हजार ९ सय २८ र असार ८ गते ९० हजार ७ सय ३० पुगेको छ। 

वैशाखको पहिलो सातादेखि भारतसहित विदेशबाट नेपाल प्रवेश गर्नेको संख्या बढे पनि अहिले घट्दै गएको स्वास्थ्य मन्त्रालय बताउँछ। क्वारेन्टाइनको समयावधि पुगेकाहरुलाई घर पठाउँदा क्वारेन्टाइन खाली हुँदै गएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए। 

उनले भने, ‘अहिले भारत सहित अन्य देशबाट आउने व्यक्तिको संख्या घट्दो छ। अनि क्वारेन्टाइनमा बस्ने समय सकिएकाहरु निस्किँदै गएपछि खाली हुँदै गएको हो।’ उनका अनुसार हाल भारतबाट दैनिक ३ हजारको हाराहारीमा मानिस भित्रिने गरेका छन्। 

कुन प्रदेशमा कति ?

क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या सबैभन्दा धेरै कर्णाली प्रदेश र सबैभन्दा थोरै बागमति प्रदेशमा छ । कर्णाली प्रदेशमा ३३ हजार ७ सय ५० र बागमतिमा २ हजार २ सय ७५ जना हाल क्वारेन्टाइनमा छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ३ हजार १ सय ६१, प्रदेश २ मा ८ हजार ५ सय ४९, बागमतिमा २ हजार २ सय ७५, गण्डकीमा ६ हजार २ सय २९, प्रदेश ५ मा २६ हजार ५ सय ५९, सुदूरपश्चिममा १० हजार १ सय ७ र कर्णाली प्रदेशमा ३३ हजार ७ सय ५० जना क्वारेन्टाइनमा छन् ।

विज्ञ भन्छन्- पिसीआर नेगेटिभपछि मात्र पठाउनुपर्छ 

जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षित पिसीआरमा नेगेटिभ आएपछि मात्र घर जान दिनुपर्ने बताउँछन्। क्वारेन्टाइनमा रहने सबैको पिसीआर परीक्षण हुनुपर्नेमा उनको जोड छ।

‘क्वारेन्टाइनमा गएको पहिलो दिनमै स्वाब संकलन गर्नुपर्छ र तीन दिनभित्र रिपोर्ट आउनुपर्छ,’ उनले भने, ‘पिसीआर नेगेटिभ आएपछि मात्र घर पठाउनुपर्छ।’

भारतबाट नेपाल भित्रने व्यक्तिको संख्या घटेसँगै क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या पनि घट्दै गएको उनले बताए। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले साउनदेखि क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या झनै घटेर जाने बताए। 

उनले भने, ‘भारतबाट आउने व्यक्तिको संख्या अहिले कम छ। साउनतिर झन् क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या घट्छ।’ सरकारले क्वारेन्टाइनलाई व्यवस्थित बनाएमात्र संक्रमणको दरलाई कम गर्न सकिने उनले बताए। 

सरकारले पहिलो पटक चीनको वुहानबाट ल्याएका १ सय ७५ जनालाई राख्दा गरेको व्यवस्थापन सबै क्वारेन्टाइनमा हुनुपर्ने टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोला बताउँछन्। 

उनी भन्छन्, ‘सरकारले चीनबाट ल्याएका १ सय ५७ नेपालीलाई राखेको क्वारेन्टाइनको व्यवस्थापन कस्तो थियो, त्यस्तै किसिमको व्यवस्थापन हुनुपर्छ। तबमात्र क्वारेन्टाइनमा रहने व्यक्ति सुरक्षित हुन सक्छन्।’

क्वारेन्टाइन व्यवस्थित नभए कोरोनासँगै डेंगु, मलेरिया, पानीजन्य रोग, सर्पदंशको जोखिम बढ्ने उनले बताए। 

‘क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमणको जोखिम त छँदैछ, अब डेंगु, मलेरियासहित सर्पदंशको जोखिम पनि छ। त्यसैले सरकारले क्वारेन्टाइन व्यवस्थित त बनाउनै पर्छ,’ उनले भने। 

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १०:३०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन्
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित
दुई वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् बुधबार, भदौ १०, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित बुधबार, भदौ १०, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत बुधबार, भदौ १०, २०८३
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्