काठमाडौं– पाकिस्तानका तीन क्रिकेट खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। पाकिस्तान क्रिकेट बोर्डले शादब खान, हरिस राउफ र हैदर अलीलाई कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गरेको छ। पाकिस्तानले आगामी साता इंग्ल्यान्ड भ्रमण गर्दैछ। तर भ्रमणअघि नै आफ्ना तीन खेलाडीमा कोरोनाको संक्रमण देखिएको हो।
पाकिस्तानका इमाद वासिम र उस्मान शिनवारीको कोरोना टेष्ट भने नेगेटिभ आएको छ। कोरोना संक्रमण देखिएका शादब, हरिस र हैदर सेल्फ आइसोलेसनमा राखिएको पाकिस्तान क्रिकेट बोर्डले बताएको छ। पाकिस्तानले इंग्ल्यान्ड भ्रमणमा तीन टेष्ट र तीन टि–२० क्रिकेट सिरिज खेल्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।