काठमाडौं- चालु आर्थिक वर्षको पहिलो १० महिनामा २१ लाख ७९ हजार ८५७ किलोग्राम बेसार आयात भएको छ। भारतसहितका देशबाट नेपालमा यो परिमाणमा बेसार आयात भएको हो।
भन्सार विभागको तथ्यांकअनुसार ताजा बेसार (नपिसिएको) १ लाख ५ हजार २९ किलोग्राम आयात भएको छ। यसैगरी धुलो बेसार २ लाख २५ हजार ७४१ किलोग्राम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।
भन्सारको वर्गीकरणअनुसार अन्य बेसार १८ लाख ४९ हजार ८७ किलोग्राम आयात भएको छ।
विभागका अनुसार यो अवधिमा २७ करोड ९५ लाख ११ हजार रूपैयाँको बेसार आयात भएको छ। यसबापत २ करोड ७८ लाख रूपैयाँ राजस्व संकलन भएको पनि विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।