काठमाडौं– बहराइनबाट पहिलो उडानमार्फत आममाफी पाएका १७ नेपालीसहित ५ सय ५१ नेपाली सोमबार स्वदेश फर्किएका छन्।
उनीहरु नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत फर्किएका हुन्। उनीहरुलाई बिदाइ गर्न बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहित दूतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए।
उनीहरुसँगै उक्त जहाजमा ३ वटा शव समेत नेपाल पठाइएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।