काठमाडौं– माल्दिभ्सबाट १५६ नेपाली काठमाडौं आइपुगेका छन्। कोरोनाका कारण अप्ठ्यारोमा परेका उनीहरु हिमालय एयरलाइन्सको चार्टर उडानमार्फत नेपाल आइपुगेका हुन्।
यसअघि पनि असार २ गते १५४ र असार ५ गते १५६ जना गरी माल्दिभ्सबाट ३१० जना नेपाली स्वदेश फर्किसकेका छन्। असार २ गते फर्किएकालाई काठमाडौंका विभिन्न होटेल क्वारेन्टाइनमा राखिएको छ। असार ५ गते फर्किएका १५६ जनालाई भने प्रदेशस्तरीय क्वारेन्टाइनमा पठाइएको थियो।
सोमबार (आज) फर्किएकाहरुमध्ये पनि अधिकांशसँग कोरोना परीक्षणको आरडिटी वा पिसिआर परीक्षणको रिपोर्ट नभएको बताइएको छ। उनीहरुलाई विमानस्थलबाट प्रदेश स्तरीय होल्डिङ सेन्टर पठाइने र होल्डिङ सेन्टरमा आवश्यक प्रकृया पुरा गरी क्वारेन्टाइनमा पठाइने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।