काठमाडौं– साउदीबाट दोस्रो चरणमा चार्टर उडानमार्फत ५ सय ६१ नेपालीलाई स्वदेश फर्काइने तयारी गरिएको छ।
दूतावासका अनुसार उनीहरुलाई २६ जुन २०२० मा नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत फर्काइने भएको हो।
हवाई भाडादर ४ सय ६५ अमेरिकी डलर अर्थात् करिब १७ सय ४४ साउदी रियाल कायम गरिएको छ। यसअघि साउदीबाट ३ वटा उडानमार्फत ४ सय नेपालीहरु स्वदेश फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।