काठमाडौं- नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग भेटवार्ता गरेका छन्। सोमबार भएको भेटमा दुई देशबीच सदियौंदेखि रहेको सम्बन्धका बारेमा चर्चा भएको थियो।
यसैगरी नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुन बाँकी विकास आयोजनाका बारेमा पनि छलफल भएको जनाइएको छ।
भेटका क्रममा महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा पुगेको‚ संविधान बमोजिमका संरचनाहरू यसको उद्देश्यबमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।