काठमाडौं– क्वारेन्टाइन स्थापना तथा व्यवस्थापनका लगि सरकारले १७६ स्थानीय तहलाई मात्रै खर्च निकासा गरेको छ। सरकारले ५७७ स्थानीय तहलाई उक्त शीर्षकमा खर्च छुट्याइएको छैन।
प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले सार्वजनिक लेखा समितिमा १७६ स्थानीय निकायलाई निकासा भएको रकम भएको जानकारी दिए।
बाँकी ५७७ स्थानीय तहमा क्वारेन्टाइन स्थापना तथा व्यवस्थापनका लागि रकम निकासा नगरिएको प्रश्नमा सचिव विडारीले भने, ‘रकम निकासा नभएका स्थानीय तहले सहयोग मागेनन्। आफ्नै क्षमताले खर्चको व्यवस्थापन गरे।’
सरकारले क्वारेन्टाइनका लागि ती स्थानीय तहका लागि १३ करोड २२ लाख ५६ हजार ८२५ निकासा गरेको छ। भारतबाट आएका नागरिकका लागि २० नाकामा होल्डिङ सेन्टर बनाउनका लागि २७ करोड ७२ लाख ३ हजार निकासा गरिएको छ। स्थलमार्गबाट नेपाल प्रवेश गरेकालाई नाकाको होल्डिङ सेन्टरमा राख्न उक्त रकम निकासा गरिएको हो।
स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्नेका लागि सरकारले २० नाका गत महिना खुला गरेको थियो। सीमा क्षेत्रमा रहेका नगरपालिकाले होल्डिङ सेन्टरको व्यवस्थापन गर्नेगरी रकम निकासा गरिएको हो। भगवानपुर, पालिनन्दन र तिलाठी गाउँपालिका,सूर्योदय, मेची, सिरहा, जलेश्वर, मलंगवा, गौर, सिद्धार्थनगर, कपिलवस्तु, कृष्णनगर, गुलरीया, भिमदत्त, दशरथ र महाकाली नगरपालिसँग जोडिएका नाकाबाट आएकाहरुका लागि रकम निकासा गरिएको हो।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिका, विराटनगर महानगरपालिका, वीरगन्ज महानगरपालिका, धनगढी उपमहानगरपालिकाले नाकामा होल्डिङ सेन्टर बनाउने रकम निकासा भएको छ।
सचिव विडारीले समिति बैठकमा पेश गरेको तथ्यांकः






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।