काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
देशका विभिन्न स्थानका प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो। यीमध्ये ७४ जना महिला हुन् भने ४६१ जना पुरुष हुन्। कोशी अस्तपालको प्रयोगशालामा मोरङका ८ जना र सप्तरीका २ जनामा कोरोना संक्रमण पाइएको हो।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जना र मोरङका ४ जनामा नै कोरोना संक्रमण पाइएको हो। यस्तै सप्तरीको राजविराजस्थित प्रयोगशालामा सप्तरीका ११ जनामा कोरोना संक्रमण पाइएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १०, महोत्तरीका १, सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेल्धुराका १५ जना, डोटीका ७ जना, गुल्मीका १, जाजरकोटका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २ जना, सिराहाका २३ जना, स्याङ्जाका २० जना, पाल्पाका १० जना, प्यूठानका २४, रौतहटका ३४, र रुपन्देहीका ९ जनामा कोरोना संक्रमण पाइएको हो।
भरतपुर अस्पतालको प्रयोगशालामा चितवनका ५ जना र नवलपरासी पूर्वका १६ जना कोरोना संक्रमित पाइएका छन्। धुलिखेल अस्पतालको प्रयोगशालामा ओखलढुंगाका १ जनार गुल्मीका ४१ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा नवलपरासी पूर्वका ८ जना र स्याङ्जाका १२ जना कोरोना संक्रमित भएका छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका १ र तनहुँका ११ जनामा कोरोना संक्रमण पाइएको छ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १४, पाल्पाका ८० जना, रुपन्देहीका ३ जना र प्यूठानका ६ जना कोरोना संक्रमित भेटिएका छन्।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका १३ जना संक्रमित भेटिए। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार रसुवाबाहेक देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कोरोना संक्रमित भेटिएका मध्ये २ हजार १ सय ४२ जना भने निको भएर घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।