काठमाडौं- कोरोनाका कारण मलेसियामा अप्ठ्यारो परेका नेपालीहरुलाई २६ जुन अर्थात् शुक्रबार दुईवटा उडानमार्फत स्वदेश फर्काइने भएको छ।
हिमालय र नेपाल एयरलाइन्सका २ वटा उडानमार्फत उनीहरुलाई स्वदेश फर्काउन लागिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। अर्को उडान २९ जुन सोमबार तय गरिएको छ।
यसअघि मलेसियाबाट अप्ठ्यारोमा परेका ५१७ नेपाली स्वदेश फर्किसकेका छन्। कोरोनाका कारण रोजगारी गुमाएर अलपत्र परेका, कोरोना बाहेकका बिरामी, गर्भवती, भिजिट भिसामा गएर अलपत्र परेकालगायतलाई स्वदेश फर्काउन प्राथमिकतामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।