काठमाडौं- नेपाल एयरलाइन्सले चीनको गोन्जावबाट वाइडबडी जहाजमा मार्फत ल्याएको मेडिकल जहाज चार्टरको भाडा अझै पाउन सकेको छैन।
सरकारले ओविसिआई (ओम्नी)सँग खरिद गरेको विवादास्पद मेडिकल सामग्री नेपाल एयरलाइन्सको वाइडबडी जहाज मार्फत चैत १६ गते नेपाल आएको थियो।
तर आजसम्म पनि जहाज चार्टरको भाडा भुक्तानी नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिएका हुन्।
सचिव अर्यालले संसदको सार्वजनिक लेखा समितिमा मेडिकल सामग्री खरिदको विषयमा छलफलको क्रममा उक्त नेपाल एयरलाइन्सले भाडा नपाएको जानकारी गराएका थिए।
‘नेपाल एयलाइन्सको झन्डै एक करोड ९० लाख भुक्तानी गरिएको छैन। पर्यटन मन्त्रालयले सहजीकरण गर्न भनिएको हो। भुक्तानी भएको छैन’ उनले भने।
तर, नेपाल एयरलाइन्सले पाउनुपर्ने ढुवानीबापतको रकम विभागले स्पष्ट रुपमा ओम्नीको भुक्तानीबाट नै कट्टा हुनेगरी गर्ने निर्णय गरेको थियो। तर, नेपाल एयरलाइन्सले अहिलेसम्म १ करोड ५३ लाख ८५ हजार डलर ढुवानीबापतको रकम पाउने सकेको छ।
रकम भुक्तानीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई पटक पत्र काटिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।