काठमाडौं-कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले झण्डै ६ अर्ब निकासा गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सोमबारको सार्वजनिक लेखा समिति बैठकमा यो तथ्यांक प्रस्तुत गरेका हुन्।
उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर निकाय तथा अस्पतालहरुलाई २ अर्ब ३१ करोड ७० लाख १६ हजार रुपैयाँ हस्तान्तरण भएको छ।
कुन मन्त्रालय र अन्तर निकायमा कति रकम?
- रक्षा मन्त्रालय र अन्तरनिकायहरुमा–२ अर्ब ३८ करोड ५९ लाख २७ हजार रुपैयाँ
- गृह तथा अन्तरनिकायहरुमा–८ करोड १२ लाख २३ हजार
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय–४ करोड ४९ लाख ७८ हजार
- सहरी विकास मन्त्रालय–१ करोड ४२ लाख
- परराष्ट्र मन्त्रालय–६ लाख ५० हजार
- कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष–५० करोड
- कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष (सिसिएमसी)–१ करोड ३० लाख ३० हजार
- वित्तिय हस्तान्तरण भएको रकम
- सामाजिक विकास मन्त्रालय (सातै प्रदेश)–१५ करोड ७५ लाख
- स्थानीय तहलाई–२५ करोड ३१ लाख
- रोक्का रकम फुकुवाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएको–१३ करोड ७४ लाख ७७ हजार

कुन शीर्षकमा कति रकम ?








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।