काठमाडौं-सुनले लगातार ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उच्चतम वृद्धिले नेपाली बजारमा पनि सोमबार प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ। लकडाउन खुलेयता नेपाली बजारमा सुनको भाउ १४ हजार रुपैयाँले बढिसकेको छ। त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ९५० रुपैयाँ पुगेको सुँनचादी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ प्रतिऔन्स १७५३ डलरमा कारोबार भैरहेको छ। आजै अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ रेकर्ड कामय भएको छ। केही समयअगाडि प्रतिऔन्स १७५६ डलरमा कारोबार भएको छ। सुनको मूल्यले एक सातादेखि स्ट्रङ बुलको लय समातेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यस्तो बुल अझै एक सातासम्म कायम रहने विश्लेषण गरिएको छ।

कोभिड-१९ ले अन्य लगानीका क्षेत्रलाई खुम्चाउँदा लगानीकर्ताको ध्यान सुनमा गएको हो। हरेक देशले आर्थिक तथा मौद्रिक नीतिमा स्टिमुलस प्याकेजमार्फत् राहत दिइरहका छन्। यसले गर्दा लगानीकर्ताले सुनमा नै ध्यान दिइरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।