काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र इभर्टनले गोलरहित बराबरी खेलेका छन्। उपाधि जित्न निकै अघि देखिएको लिभरपुलका लागि अब पाँच अंक आवश्यक छ।
आइतबार राति इभर्टनसँगको खेलमा ६७ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि लिभरपुलले गोल गर्न सकेन। लिभरपुलले ९ प्रहार गरेकोमा ३ प्रहार पोस्टमा थियो।
३० वर्षपछि उपाधि जित्न लागेको लिभरपुलले अब आउने बुधबार क्रिस्टल प्यालेससँगको खेलमा नै उपाधि जित्न सक्नेछ तर त्यसका लाग सोमबार हुने खेलमा म्यानचेस्टर सिटीले ब्रन्लीलाई हराउन हुने छैन।
आइतबार रातिको बराबरीपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले गोलकिपर एलिसनको तारिफ गरे। एलिसनले अन्तिम समयतिर गरेको उत्कृष्ट बचाउले लिभरपुलको हार टरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।