सांकेतिक तस्बिर
काडमाडौं-हेटौँडा-कुलेखानी-काठमाडौं सडकको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्रसरोवर गाउँपलिका-२ हेभीमा सोमबार बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ। ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम सुरु गरिसकिएको र सोमबार दिउँसोसम्ममा आवागमन पुनः सुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिए।
बेँसीशहर-चामे सडक पुनः अवरुद्ध
लमजुङबाट मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक पुनः अवरुद्ध भएको छ। शनिबार बिहानदेखि गएको पहिराेबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि साेमबार बिहान फेरि अवरुद्ध भएको हो ।
आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मर्स्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए। उनले भने, 'सडक अवरुद्ध भएपछि यतिबेला एक्साभेक्टरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।'
६५ किलोमिटरको साे सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारी साधनदेखि यात्रु रोकिएको उनको भनाइ छ। सडक कति बेला खुल्छ भन्नेबारेमा यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।