काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा साउनमा गर्न प्रस्ताव गरिने भएको छ। आइतबार बसेको महासंघ पदाधिकारीको बैठकले साउनको २५ र २६ मा काठमाडौँमा साधारणसभा गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको हो।
महासंघ केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा साउनमा साधारण सभा हुने भएको छ। चैत २७ र २८ मा गर्ने भनिएको महासंघ साधारणसभा कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनले प्रभावित भएको थियो। पछि जेठ ७ र ८ मा गर्ने गरी तय भएको साधारणसभा समेत जारी लकडाउनकै कारण स्थगित भएको थियो।
महासंघको एक पक्षले तत्काल साधारणसभा हुनुपर्ने माग गर्दै आएको थियो। तर लकडाउनका कारण तत्काल साधारणसभा हुन नसक्ने पक्षमा तत्काल हुन नसक्ने बताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।