काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
देशका विभिन्न स्थानका प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो। यीमध्ये ६४ जना महिला हुन् भने ३५७ जना पुरुष हुन्। कोशी अस्तपालको प्रयोगशालामा झापाका ६ जना र उदयपुरका ५ जनामा कोरोना संक्रमण पाइएको हो।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ जना र सुनसरीका पनि २ जनामा नै कोरोना संक्रमण पाइएको हो।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८, महोत्तरीका २, सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै नारायणी अस्पतालमा बाराका तीन जनामा कोरोना संक्रमण पाइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अर्घाखाँचीका १६, डडेल्धुराका १४, डोटीका १६, गुल्मीका ५, कैलालीका ३, कपिलवस्तुका ११, नवलपरासी पश्चिमका २१, नुवाकोटका १, प्यूठानका २०, रामेछापका १, रुपन्देहीका १, सर्लाहीका ५, सिराहका ५२ जनामा कोरोना संक्रमण पाइएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा ललितपुरका १ र पाल्पाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशाला परीक्षणमा बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका ४, पर्वतका २ र तनहुँका ५ जनामा कोरोना संक्रमण भएको पाइएको छ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ९ जना, गुल्मीका २, कपिलवस्तुका १४ र नवलपरासी पश्चिमका १ जना, पाल्पाका २ र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १, बर्दियाका ३ र रोल्पाका पनि ३ जनामा कोरोना संक्रमण पाइएको हो।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका १० र रोल्पाका १ जना संक्रमित भेटिए।
आइतबार नै सुर्खेत प्रादेशिक प्रयोगशालामा दैलेखका १ जना, सल्यानका ६ जना र सुर्खेतका २ जनामा संक्रमण पाइयो।
सेती प्रादेशिक अस्तपालमा अछामका २, बैतडीका २, बझाङका २, डडेल्धुराका २७, डोटीका ११, कैलालीका २४ र कञ्चनपुरका १ जनामा समेत कोरोना भाइरसको संक्रमण पाइएको छ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार आइतबार मुस्ताङमा समेत कोरोना संक्रमित भेटिएपछि हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा कोरोना संक्रमित भेटिएका मध्ये १७७२ जना भने निको भएर घर फर्किएका छन्। यीमध्ये १४९ महिला हुन् भने १६२३ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।