काठमाडौं- स्पेनमा कोरोना भाइरसका कारण लागेको आपतकालीन स्थिति शनिबार रातिदेखि हटेर सामान्य अवस्था सुरु भएको घोषणा भयो। ठीक त्यति नै बेला ला लिगामा एथ्लेटिको मड्रिडले भायाडोलिडलाई हराएर तेस्रो स्थानमा पुग्यो।
गएको बिहीबार ओसासुनालाई ५–० ले हराएको खेलबाट सात खेलाडी परिवर्तन गरिएको एथ्लेटिको मड्रिडले संघर्ष गरेको खेलमा ८१औँ मिनेटमा भिटोलोले गोल गरेका थिए। जितसँगै एथ्लेटिको मड्रिड ३० खेलमा ५२ अंकसहित शीर्ष स्थानमा पुगेको छ।
शुक्रबार राति बार्सिलोना र सेभियाबीचको खेल बराबरी भएसँगै उपाधि यात्रा अझ रोचक बनेको छ। ३० खेलमा ६५ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। २९ खेलमा ६२ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ।
रियल मड्रिडले आइतबार राति १ः४५ मा रियल सोसिडाडसँग खेल्दैछ। रियल मड्रिडले रियल सोसिडाडलाई हराएमा शीर्ष स्थानमा अंक बराबर हुनेछ।
लिगमा रेलिगेसन जोनमा पनि प्रतिस्पर्धा उस्तै देखिन्छ। मायोर्का, लेगानेस र स्पानियोल रेलिगेसन जोनमा देखिए पनि त्यसमाथि सेल्टा भिगो, आइबरको पनि अंक भिन्नता ठूलो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।