काठमाडौं- जर्मन बुन्डेस लिगामा बायर्न म्युनिकका रोबर्ट लेवान्डोस्की र बोरुसिया डोर्टमुन्डका एर्लिङ हल्याण्डले दुई–दुई गोल गरेका छन्। उपाधि जितिसकेको बायर्नले फायरबर्ग र डोर्टमुन्डले लाइपजिगलाई हराएका हुन्।
बायर्न र फायरबर्गको खेलमा खेलको १५औँ मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। २४औँ मिनेटमा लेवान्डोस्कीले अग्रता दोब्बर बनाए। ३३औँ मिनेटमा फायरबर्गका लागि होलरले गोल गरे। त्यसको चार मिनेटपछि नै लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए।
डोर्टमुन्डले तेस्रो स्थानमा रहेको लाइपजिगलाई हराउँदा हल्याण्डले दुई गोल गरेका हुन्। उनले खेलको ३०औँ र अतिरिक्त समयमा गोल गरेका हुन्।
गएको हप्तामा नै बायर्नले उपाधि जितिसकेको लिगमा अब रेलिगेसन र युरोपियन च्याम्पियनसिपमा स्थान बनाउने अवसर मात्र बाँकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।