काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले योग साधना र अभ्यासलाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गरेका छन्।
छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीसँग जुधिरहेको बेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण विषय भएको बताएका छन्। यस्ता विषयमा योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्रीको भनाई छ।
‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘समृद्ध नेपाल- सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा छ। शारीरिक एवं मानसिक रुपले स्वस्थ र निरोगी नागरिक यसका मुख्य आधार हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।