• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा कोरोना पुष्टि भएका मृतक : ७७ प्रतिशतको रिपोर्ट मृत्युपछि मात्रै

कमला गुरुङ शनिबार, असार ६, २०७७  २२:५४
1140x725
कोभिड -१९ बाट नेपालमा पहिलोपटक मृत्यु भएकी महिलाको पशुपतिमा विद्युतीय दाहसंस्कारका लागि तयारी गरिँदै। तस्बिर : नेपाल लाइभ अर्काइभ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको संख्या निकै कम भएको दाबी गरिरहन्छन्। प्रायः उनको तर्क हुन्छ, अहिले कोरोना संक्रमणबाट जति जनाको मृत्यु भएको भनिएको छ त्यो विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मात्र जोडिएको हो। 

उनी मातहतै रहेको स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांक हेर्ने हो भने शनिबारसम्म २२ जनाको ज्यान कोरोना संक्रमणका कारण गइसकेको छ। तर उनी यसलाई स्वीकार गर्ने पक्षमा छैनन्। बिहीबार राष्ट्रियसभा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण नेपालमा थोरै मानिसको मात्र ज्यान गएको दाबी दोहोर्याए।  नेपालमा कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम भइरहेको दाबी गरे।

प्रधानमन्त्री ओलीले जे दाबी गरिरहेका छन् वास्तविकता भने त्यो भन्दा निकै दयनीय छ। कोरोना संक्रमणका कारण सुत्केरीदेखि २५ वर्षका युवासमेत गरी २२ जनाले ज्यान गुमाएका मध्ये १७ जनाले जीवित हुन्जेल आफूलाई के भएको समेत थाहा पाएनन्। परिवारका सदस्यले के कारणले मृत्यु भयो भन्नेसमेत थाहा पाउन सकेनन्। कोरोना संक्रमणका कारण मृत्यु भएका २२ जनामध्ये ५ जनाको मात्र मृत्युअघि कोरोना संक्रमण पुष्टि भएको हो। यसको अर्थ ७७ प्रतिशत मृतकको कोरोना परीक्षण रिपोर्ट मृत्युपछि मात्र आएको छ अर्थात् सयमा ७७  जनाको रिपोर्ट मृत्युपछि मात्र आएको भन्ने हो। 

कोरोना व्यवस्थापनको महामारी व्यवस्थापनमा सरकार संवेदनशील नभएको पुष्टि गर्ने आधारको सूची लामो हुन्छ। चुस्त व्यवस्थापनको अभावमा क्वारेन्टाइनमा रहेकाहरु संक्रमणबाट जोगिनुपर्नेमा उल्टो कोरोना संक्रमण फैलने मूल थलो नै क्वारेन्टाइन बनिरहेका छन्। एक त परीक्षण क्षमता नै कम, अर्कोतिर परीक्षण किट जोगाउनकै लागि शंका लागेकामाथि समेत तत्काल पिसिआर नगर्दा धेरैको मृत्युपछि मात्र पिसिआर परीक्षण भयो। मृत्युको कारण कोरोना संक्रमण रहेको खुल्दा केही मृतकको दाहसंस्कार गरिकन काजक्रिया नै सुरु भइसकेको थियो। 

सरकारले लक्षण भएका व्यक्ति, जोखिमयुक्त क्षेत्रबाट आएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र पिसिआर परीक्षण गर्ने नीति लिएको छ। तर कोरोनाका कारणा ज्यान गुमाएकाहरुको विवरण हेर्ने हो भने अधिकांशमा परीक्षण अगाडि कुनै लक्षण देखिएको थिएन। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बल्ल मृतकको विश्लेषणमा लागेको देखिन्छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अहिलेसम्म मृत्यु भएका व्यक्तिहरुको पिसिआर परीक्षण कहिले भयो र उनीहरूका अन्य विषय विश्लेशण गरिरहेका छौं।’

दाहसंस्कारपछि कोरोना पोजेटिभ
सिन्धुपाल्चोककी २९ वर्षीय एक सुत्केरीको जेठ ३ गते मृत्यु भएको थियो। सास फेर्न गाह्रो भएर अस्पताल ल्याइएकी उनलाई कोरोनाको शंका मात्र गरिएको थियो। कोरोनाबाट हुने जोखिम अनुसारको उपचार पाउनु अगाडि नै उनको ज्यान गयो। उनको मृत्युपछि मात्रै पिसिआर परीक्षण गरियो। रिपोर्ट कोरोना पोजेटिभ भेटियो। बिहान ज्यान गुमाएकी उनको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राति विज्ञप्ति जारी गरेर पुष्टि गरेको थियो। उनी कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो संक्रमित थिइन्।

जेठ ४ गते बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय पुरुषले पनि ज्युँदैमा आफू कोरोना संक्रमित भएको चाल पाउन पाएनन्। उनको पिसिआर रिपोर्ट पनि मृत्युपछि नै आएको थियो। आईतबार बिहान ६ बजेर ४० मिनेटमा उनको मृत्यु भयो तर स्वास्थ्य मन्त्रालयले दिउँसो सवा ४ बजेको कोरोना ब्रिफिङमा मात्र उनको मृत्युको कारण कोरोना भएको पुष्टि गर्यो। मृत्यु हुनु एक दिन अघिदेखि ज्वरो र झाडापखालाको समस्या देखिएका उनी वैशाख ३० मा भारतबाट नेपाल आएका थिए।

चौथो संक्रमितको मृत्युको कारण कोरोना संक्रमण भएका पुष्टि हुन ८ दिन नै लाग्यो। वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा जेठ ४ मा ज्यान गुमाएका कलैया ७ बाराका ७० वर्षीय वृद्धको मृत्युको कारण कोरोना भएको पुष्टि हुँदा उनको दाहसंस्कार भइसकेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

मृत्युपछि अस्पतालले नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। त्यसको पनि एक सातापछि मात्र उनी कोरोना संक्रमित रहेको पुष्टि भयो। स्वास्थ्यमा समस्या आएपछि जेठ २ गते अस्पताल भर्ना भएका उनको नमुना अस्पतालले सोही दिन परीक्षणका लागि पठाएको थियो। 

कलेजोसम्बन्धी समस्या देखिएर जेठ १२ मा ललितपुर बुङमतीका ५६ वर्षीय एक पुरुष किस्ट मेडिकल कलेजमा भर्ना भए। अस्पताल भर्ना भएको दुई दिनपछि १४ गते उनको मृत्यु भयो। अस्पतालले उनी भर्ना भएकै दिन स्वाब संकलन गरेर परिक्षणका लागि पठाएको थियो। जेठ १५ मा उनको मृत्यु भयो। उनी कोरोना संक्रमित रहेको दोस्रो दिन जेठ १६ मा मात्र सार्वजनिक भयो।

अस्पताल समेत पुग्न पाएनन्
सरकारले पिसिआर परीक्षण गर्ने निश्चित मापदण्ड बनाएपनि केही नागरिकले क्वारेन्टाइनमा नै ज्यान गुमाए। जेठ १७ गते दैलेख दुल्लु नगरपालिकामा एक संक्रमितले क्वारेन्टाइनमा नै ज्यान गुमाएका थिए। उनी दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा थिए। उनको शरीरमा न कोरोना संक्रमणको कुनै लक्षण थियो, न उनी दीर्घरोगी नै थिए। ३५ वर्षीय उनी बिहान एक्कासी ढलेर ज्यान गएको दाबी गरिएको छ। उनको मृत्युको कारण कोरोना संक्रमण रहेको बेलुका मात्र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो। उनको स्वाब चाहिँ दुई दिन अगाडि नै संकलन गरिएको थियो। 

भारतबाट आएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्युपछि मात्र कारण कोरोना संक्रमण पुष्टि भएको थियो। बाजुराकी दुई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो। ती बालिकालाई ज्वरो, श्वासप्रश्वास र पखालाको समस्या थियो। उनी आठ दिनअघि भारतबाट आमा बुवासँगै नेपाल आएकी थिइन्। उनको मृत्यु कारण कोरोना संक्रमण रहेको मृत्युपछि मात्रै पुष्टि भएको थियो। 

जेठ २२ गते सुर्खेतमा कोरोना संक्रमित २० वर्षीय युवाको मृत्यु भयो। भारतबाट आएका ती युवा विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेका थिए। जेठ ७ गते नेपाल आएका उनी ८ गतेदेखि क्वारेन्टाइनमा बसेको र २१ गते आरडिटी परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर पठाएइको थियो। कुनै पनि लक्षण नभएका उनको घर गएको भोलिपल्टै मृत्यु भयो। उनी कोरोना संक्रमित रहेको पुष्टि मृत्युको भोलिपल्ट जेठ २३ मा भएको थियो।

डोल्पाका ५८ वर्षीय पुरुषले होम क्वारेन्टाइनमा नै ज्यान गुमाए। उनी १६ गते सुर्खेतबाट डोल्पा पुगेकाले होम क्वारेन्टाइनमा थिए। २० गते मृत्यु भएका उनको स्वाब २२ गते संकलन गरिएको थियो। २४ गते मात्र उनको परीक्षणको रिपोर्ट आयो। 

धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा ५५ वर्षीया महिलाको मृत्यु भयो। मन्त्रालयले डायलासिसको क्रममा २३ गते उनको मृत्यु भएको बताएको थियो। तर मृत्युको कारण पुष्टि भएको थिएन। मन्त्रालयले भोलीपल्ट मात्र उनको मृत्युको कारण कोरोना भएको पुष्टि गरेको थियो।

उपचार गरेर घर फर्कदा मृत्यु, पछि खुल्यो कारण
जेठ ३० गते नेपालमा मृतकको संख्या १६ पुगेको थियो। भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भयो। उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो।

अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि घर फर्कने क्रममा २८ गते मृत्यु भएपनि मन्त्रालयले भने दुई दिनपछि ३० गते मात्र मृत्युको कारण कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो।

जेठ २८ र ३० गते दुई कोरोना संक्रमितको मृत्यु भयो। तर स्वास्थ्य मन्त्रालयले ३१ गते मात्र यसको पुष्टि गर्यो। कारण, उनीहरु दुवैको रिपोर्ट ३१ गते मात्र आएको थियो। 

बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्‍यो । योसँगै मृतकको संख्या २० पुग्यो। मिर्गौला समस्या भएपछि उनी जेठ ३० गते नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। उनको असार १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। तर रिपोर्ट नतिजा नआउँदै उनको सोही साँझ ६ बजे मृत्यु भएको थियो। उनको मृत्यु भएपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। 

लम्कीचुहा-२ कैलालीकी एक ४२ वर्षीय महिला दुर्घटनामा परी टाउकोमा चोट लागेर जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल भर्ना भएकी थिइन्। उनको शल्यक्रिया गर्नुअघि असार २ गते स्वाब संकलन गरियो। उनको रिपोर्ट नआउँदै असार २ मा मृत्यु भयो। असार ३ मा मृत्युको कारण कोरोना संक्रमण पुष्टि भयो। उनको टाउकोमा रगत जमेको बताइएको छ। 

कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने ५ मात्रै
कोरोना संक्रमणबाट ज्यान गुमाउने २२ जनामध्ये ५ जनाले मात्र मृत्यु अगाडि कोरोना संक्रमित भएको पुष्टि भएको छ। गुल्मी मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुष कोरोना संक्रमित भई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत हुँदा उनको ज्यान गएको थियो। 

त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमित ७६ पुरुषको जेठ २१ गते मृत्यु भएको थियो। ब्रेन हेमरेज स्ट्रोक भएका कारण दोलखाका ती पुरुष उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए। जेठ १५ मा गरिएको स्वाब परीक्षणमा उनको कोरोना पोजेटिभ आएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। 

जेठ २२ मा पाल्पाका ४५ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भयो । उनी भारतबाट नेपाल आएका थिए । उनको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका एक पुरुषको कोरोना कारण मृत्यु भयो । कोरोना संक्रमणका कारण उनलाई जेठ २५ गते आइसोलेसेनमा भर्ना गरिएको थियो।

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८ वर्षीय पुरुषको जेठ २७ मा मृत्यु भएको थियो। बारा निजगढ ६ का ५ बर्षीय बालकको जेठ २० गते वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । वीरगञ्जको घण्टाघरस्थित चौरमा बेवारिसे अवस्थामा भेटिएका अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनको जेठ २८ गते मृत्यु भएको थियो। 

रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको मृत्यु भयो । उनी जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा राखेर उपचाररत थिए । गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो। सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको असार ३ गते मृत्यु भएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनी धनगढीको नवजीवन अस्पतालमा उपचारका लागि पुगेका थिए। जेठ ३१ गते कोरोना पुष्टि भएपछि उनलाई सेती अस्पतालमा सारियो। तर ज्यान जोगिएन।

मृत्युपछि मात्र किन पिसिआर?
समयमै स्वाब संकलन र परीक्षण नहुँदा मत्युपछि मात्र पिसिआर हुने गरेको स्वास्थ्य मन्त्रालय बताउँछ। मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारीले संक्रमितको समयमै स्वाब संकलन र परीक्षण नहुँदा मृत्युपछि मात्र कोरोना पुष्टि हुने गरेको बताए। 

'कतिपय ठाउँमा स्वाब संकलन ढिला भएको देखिन्छ। समयमै स्वाब संकलन भएको ठाउँमा पनि ढिला परीक्षण भएको देखिन्छ,' उनले भने, 'देशका कतिपय ठाउँमा भौगोलिक दूरीले गर्दा पनि स्वाब संकलन गर्न समय लागेको हो।' 

संक्रमितलाई समयमै पहिचान गर्न नसके मृतक र संक्रमित दुवैको संख्या बढ्दै जाने अर्का एक जनस्वास्थ्यविद् बताउँछन्। उनको बुझाईमा मृत्युपछि स्वाब संकलन गरिनु भनेको सरकारको लाचारीपन हो। समयमै स्वाब संकलन नहुनु र भएका पनि समयमै परीक्षण नहुँदा मृत्युपछि मात्र पिसिआर हुने गरेको उनी बताउँछन्। ‘समयमै स्वाब संकलन हुनुपर्छ र परीक्षण पनि। समयमै पहिचान गर्न सकिएन भने अवस्था गम्भीर बन्दै जान्छ,’ उनले भने।

क्वारेन्टाइनमा रहेका सबैको पिसिआर नहुँदा समस्या
जनस्वास्थ्यविद् र विशेषज्ञहरुले सरकारले क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्दा यस्तो समस्या निम्तिएको बताउँछन्। अन्यका हकमा भने स्वाब ढिला संकलन र परीक्षण समयमा नहुँदा मृत्युपछि मात्र पिसिआर हुने गरेको उनीहरुको तर्क छ। 

सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार नेपालका अधिकांश क्वारेन्टाइन नाम मात्रैका छन्। क्वारेन्टाइन व्यवस्थापनमा सरकार उदासीन भएको उनको भनाइ छ। ‘नेपालका अधिकांश क्वारेन्टाइन व्यवस्थित छैनन्। सरकारले पनि सबैको पिसिआर नगरी घर पठाउँदा समस्या देखिएको छ,’ उनले भने।  संक्रमित व्यक्तिको समयमै स्वाब संकलन नहुने र भएपनि हप्तौँसम्म प्रयोगशालामा थन्किने भएकाले मृत्युपछि मात्र पिसिआर हुन सक्ने उनको भनाई छ। 

क्वारेन्टाइन र अस्पतालबीचको दूरी टाढा हुँदा, अवस्था गम्भीर भएका बिरामीलाई भेन्टिलेटरसहितको आइसीयू भएको अस्पतालमा पठाउनुअघि बिरामीलाई यता उता झुलाउने कामसमेत भएको उनको आरोप छ। कोरोना संक्रमितको नियमित रिपोर्टिङमा संवेदनशील नभएका कारण पनि यस्तो हुने गरेको उनले बताए। 

नीति निर्माण तहबाट कुनै कदम नचालेसम्म यो क्रम नरोकिने उनको ठहर छ। ‘यदि यस्तो अवस्था भइरहे संक्रमितको संख्या बढ्दै जाने र मृतकको संख्या अझ बढ्न सक्ने संभावना हुन्छ,' सुवेदीले भने, 'त्यसैले सरकारले यसबाट केही सिक्नुपर्छ।’  

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  २२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवामा बाढी, धादिङ प्रशासनद्वारा त्रिशूली किनारमा सतर्कता अपनाउन आग्रह
भोटेकोशीमा पानीको बहाव उच्च, पाँच जिल्लाका नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह
शर्मा भन्छन्– महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, इगोको चस्मा उतारौं
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवामा बाढी, धादिङ प्रशासनद्वारा त्रिशूली किनारमा सतर्कता अपनाउन आग्रह बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा पानीको बहाव उच्च, पाँच जिल्लाका नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह बुधबार, भदौ १०, २०८३
शर्मा भन्छन्– महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, इगोको चस्मा उतारौं बुधबार, भदौ १०, २०८३
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्