काठमाडौं- संयुक्त राज्य अमेरिका र ब्राजिलमा मात्रै कोरोना संक्रमितको संख्या साढे ३२ लाखभन्दा बढी पुगेको छ। जोन्स होप्किन्स विश्वविद्यालयले अपडेट गरेको विवरण अनुसार हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित अमेरिका र ब्राजिलमा छन्।
अमेरिकामा हालसम्म २२ लाख २२ हजार ५ सय ७६ जना संक्रमित भएका छन् भने ब्राजिलमा १० लाख ३२ हजार ९ सय १३ जना संक्रमित पाइएको छ। यी दुई देशमा मात्र ३२ लाख ५५ हजार ४ सय ८९ जना कोरोना संक्रमित भएका छन्। यो तथ्यांक नेपाली समयअनुसार साँझ ७ बजेर १० मिनेट जाँदासम्मको हो।
अमेरिकामा ६ लाख ६ हजार ७ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने यहाँ कोरोनाका कारण मृत्यु हुनेको संखया १ लाख १९ हजार १ सय ३१ छ। यस्तै ब्राजिलमा ५ लाख ५६ हजार १ सय २६ जना निको भएका छन् भने ४८ हजार ९ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
विश्वमा हालसम्म ८६ लाख ८८ हजार ९ सय १३ जना कोरोना संक्रमित भएका छन् भने ४ लाख ६० हजार कोरोना संक्रमितको मृत्यु भएको छ। ४२ लाख ७३ हजार ५४ जना भने संक्रमणमुक्त भएको विश्वविद्यालयको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।