काठमाडौं- नेपालले भारत र चीनबीच लद्दाखको गलवान भ्यालीमा भएको झडप शान्तिपूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमार्फत नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनको आधारमा संवादबाट समाधान गर्न आग्रह गरेको हो।
जेठ १मा गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।