काठमाडौं–कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको प्रयास अति कमजोर रहेको र भ्रष्टाचार बढेको भन्दै युवाहरुले काठमाडौंमा सडकमै सुतेर प्रदर्शन गरेका छन्।
युवाहरुले शनिबार बिहान काठमाडौंको सहीद गेटमा सुतेर प्रदर्शन गरेका हुन्। उनीहरुले प्ले कार्डसहित प्रर्दशन गरेका हुन्। प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने टिप्पणी गरेकोप्रति पनि युवाहरुले आलोचना गर्दै प्लेकार्ड बोकेका थिए।
पीसीआर परीक्षण बढाउनुपर्ने तथा स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बेला सरकार भ्रष्टाचारमा लागेको उनीहरुको आरोप छ। प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा भएको प्रदर्शनकारीको आरोप छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।