काठमाडौं-जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू-भागमा केही दिन भारी वर्षा हुने अनुमान गरेकाे छ। देशैभर मनसुन सक्रिय भएकाले केही दिन देशका धेरै भू-भागमा भारी वर्षा हुन सक्ने मौसमविद सजिना शाक्यले बताइन्। सोमबारदेखि देशैभर बदली भए पनि सामान्यदेखि मध्यमखालको मात्रै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
शनिबार प्रदेश एक, प्रदेश दुई, बाग्मती, गण्डकी, प्रदेश पाँच, कर्णाली र सुदूरपचिमका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको शाक्यले बताईन्। यस्तै आईतबार प्रदेश एक, बाग्मती, गण्डकी र पाँच नम्बर प्रदेशका एक दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। यस्तै सोमबार प्रदेश एक प्रदेश दुई, बाग्मती प्रदेश र प्रदेश पाँचका अधिकांश भू-भागमा भारी वर्षा हुने महाशाखाको अनुमान छ। काठमाडौंमा गत जेठ ३१ देखि घाम राम्रोसँग लाग्न पाएको छैन।
यस्ताे छ तीन दिनको मौसम पूर्वानुमान
असार ६ गते (शनिबार)
दिउँसोः सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थान र कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति: सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरु र कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असार ७ गते (आईतबार)
दिउँसोः सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
राति: सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
असार ८ गते (सोमबार)
दिउँसोः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
राति: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरु र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।