कैलाली–कोरोना संक्रमण फैलिदै गएपछि कैलालीको गोदावरी नगरपालिकामा शनिबारदेखि सिल गरिएको छ। एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगर प्रमुख हरिसिंह साउँदले बताए।
नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमति भइसकेको समेत उनले जानकारी दिए।
कोरोना संक्रमणबाट एकजनाको मृत्यु समेत भईसकेको र संक्रमण बढ्दै गएका कारण भीडभाडले जोखिम बढ्न सक्ने भन्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न अनुरोध गरिएको नगर प्रमुख साउँदले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।