काठमाडौं- सरकारले स्थापित प्रयोगशालाको क्षमता वृद्धि गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने निर्णय गरेको गरेको छ।
शुक्रबार बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सिसिएमसी)को बैठकले कारोना संक्रमित बिरामीको संख्यालाई मध्यनजर गरी प्रयोशालाको क्षमता बढाउने निर्णय गरेको हो।
नयाँ प्रयोगशाला थप गर्नुका साथै प्रदेश सरकार मातहतमा सञ्चालित प्रयोशालाको क्षमता वृद्धि गरिने भएको छ। राष्ट्रिय प्रयोगशालाको गाइडलाइनअनुसार स्याम्पल लिने र टेस्ट लिने व्यवस्था गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।