काठमाडौं- विवाह-व्रतबन्धमा १५ जनाभन्दा बढी भेला हुन नपाइने र राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने भएको छ। गृहमन्त्रालयले लकडाउनलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७ सार्वजनिक गर्दै यस्तो जनाएको छ।
कोभिड १९ नियन्त्रण तथा रोकमाथलाई मध्यनजर गर्दै गृहले सार्वजनिक गरेको सुरक्षा मापदण्डअनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो।
विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चावपर्व, पूर्जा पाठलगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदा सामाजिक दूरी कायम गरी बढीमा १५ जनाभन्दा बढी जम्मा नहुन भनिएको छ।
आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम २ मिटरको सामाजिक दूरी कामय गर्नुपर्ने गृहले भनेको छ।
जेष्ठ नागरिक, दीर्घरोगीहरु, सुत्केरी, गर्भवती महिला, १० वर्षभन्दा उमेरका बालबालिका र अशक्तहरूलाई अत्यावश्यक तथा स्वास्थ्य प्रयोजनमा बाहेक आफ्नै घरमा रहन प्रोत्साहित गर्ने भनिएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।