काठमाडौं- कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ। एक जनाबाट सुरु भएको कोरोना संक्रमण हजारभन्दा बढी मानिसमा फैलिसकेको छ। शुक्रबार कालिकोटबाट २ जना र सुर्खेतबाट एक जना गरी तीन जना निको भएका छन्।
अब कर्णालीमा कोरोना जित्नेको संख्या ५ सय ८ पुगेको छ। हालसम्म चार जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
शुक्रबार कर्णालीका तीन जिल्ला जाजारकोट, सुर्खेत र दैलेखमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला‚ सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा उनीहरूको पोजेटिभ आएको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले पछिल्लो पटक सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार दैलेखको भैरवी गाउँपालिका- २ का १४ र १७ वर्षका पुरुषमा कोरोना देखिएको छ भने सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका- १ मा १८ र २६ वर्षका पुरुष, २ नम्बरमा ४८ वर्षका पुरुष, वडा नं ६मा २५ वर्षका पुरुष, ८ मा २१ वर्षका पुरुष र ११ मा ३६ वर्षकी महिलामा कोरोना देखिएको हो।
त्यसैगरी जाजरकोट जिल्लाको छेडगाड गाउँपालिका- ४ का ३८ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।