काठमाडौं- कोरोना संक्रमण जितेर शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १४ सय २ पुगेको छ।
शुक्रबार देशभरका अस्थायी कोरोना अस्पताल,आइसोलेसन र क्षेत्रीय अस्पतालमा बसेका संक्रमितहरु कोरोना जितेका हुन्।
कहाँ कहाँबाट भए डिस्चार्ज?
शुक्रबार गोठगाउँ आइसोलेन भोजपुरबाट ४, झापाबाट १२, मोरङबाट ९, सुनसरीबाट १५ जनाले कोरोना जितेका छन्। त्यस्तै कोसी अस्पताल झापाबाट ४, संखुवासभाबाट २, मोरङबाट २ जनाले कोरोना जितेका छन्। आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१, अल्पमाइल नर्सिङ सेन्टरबाट ३९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
कोभिड अस्पताल जनकपुर धनुषाबाट ३८, धरधरी स्कुल रौतहटबाट ३०, जलेश्वर अस्पताल महोत्तरीबाट ४, साईकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १३, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ जना गरी २ सय १६ जनाले कोरोना जितेका हुन्। शुक्रबार कोरोना जित्नेमा ९ महिला २०७ पुरुष रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।